सहकारी अभियानमा प्रदेश संघको भूमिकाका विषयमा अन्तरक्रिया

1.3K

सहकारी अभियानमा प्रदेश संघको भूमिकाका विषयमा अन्तरक्रिया

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले प्रदेशको सहकारी (साकोस) अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘साकोस अभियानमा प्रदेश संघको भूमिका’ विषयमा आईतबार बुटवलमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संघमा आवद्ध बचत तथा ऋण सहकारीहरुलाई सहकारीको ऐन, नियम, मुल्य, मान्यता र मर्म अनुसार चुस्त दुरुस्त राख्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेफस्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले साकोस अभियानमा प्रदेश तथा जिल्ला संघ सबैको आ–आफ्नो भूमिका हुने प्रष्ट्याउनु भयो ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, नवलपरासीका अध्यक्ष राजन आचार्य, नेफस्कुन बुटवलका कार्यालय प्रमुख छत्रप्रसाद धमला लगायतले भनाई राख्नुभएको थियो ।
संस्थाका महासचिव ऋषिराम सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सचिव बसन्तप्रसाद ढकालले स्वागत तथा कोषाध्यक्ष प्रेम गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।