डेढ करोड लगानीमा बुटवल र भैरहवामा जर्मन ब्राण्डको टुल्स पसल

1.3K

डेढ करोड लगानीमा बुटवल र भैरहवामा जर्मन ब्राण्डको टुल्स पसल

जर्मन ब्राण्ड ‘रोनिक्स’ टुल्सका लागि बुटवल र भैरहवामा बिक्रि केन्द्र सञ्चालनमा आएको छ । चैतन्य ग्रुप अन्तरगत चैतन्य सप्लायर्स प्रालिले बुटवलको कालिका चोक र भैरहवाको बुद्ध चोकमा नेपालको लागि अथोराईज डिष्टिव्यूटर्स ‘रोनिक्स’को आउटलेट सञ्चालनमा ल्याएको हो ।
थाईल्याण्डमा एमविए पुरा गरेका युवा उद्यमी सुशान्त आचार्यले पारिवारिक विजेनश गु्रप अन्र्तगतको चैतन्य सप्लायर्सको आउटलेट विस्तार गर्नुभएको हो । ‘रोनिक्स’ आउटलेटको आईतबार पारिवारिक सदस्य सुरक्षा आचार्यले रिवन काटेर शुभारम्भ गर्नुभयो ।
जसमा मेसिनरी ह्यान्ड टुल्स तथा पावर टुल्सका १२५ प्रकारका औजारहरु रहेको युवा उद्यमी सुशान्तले बताउनु भयो । निर्माण अटोमोवाईल्स तथा फ्याक्ट्रिहरुलाई आवश्यक हुन्छ ।
बुटवल र भैरहवामा करिव डेढ करोड रुपैयाँ लगानीमा आउटलेट सुरुवात गरिएको चैतन्य ग्रुपका प्रवन्ध निर्देशक मधुसुदन आचार्यले बताउनु भयो ।