काँग्रेसकाे खुल्ला तर्फ केन्द्री सदस्यकाे मतगणना सकियाे, काे काे निर्वाचित भए ?

1.3K

काँग्रेसकाे खुल्ला तर्फ केन्द्री सदस्यकाे मतगणना सकियाे, काे काे निर्वाचित भए ?

नेपाली काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मत परिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै ३ हजार ८३६ मत पाएर विजयी हुनु भएकाे छ । याे मत अहिले सम्म निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरु मध्ये सर्वाधिक हाे ।
काेईराला पछि एनपी साउद २ हजार ९३७ र तेस्राे स्थानमा बालकृष्ण खाँणले २ हजार ८७९ मत ल्याएर विजयी हुनु भएकाे छ । खुल्ला तर्फ ३५ केन्द्रीय सदस्य पदमा ९९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

खुल्लाबाट केन्द्रीय सदस्यमा काे काे निर्वाचित भए ? (मत सहित)

१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७