संघीय प्रहरी इकाई रुपन्देहीका प्रमुख ‘एसएसपी’ यादवको झुण्डिएको अवस्थामा शव फेला

1.3K

संघीय प्रहरी इकाई रुपन्देहीका प्रमुख ‘एसएसपी’ यादवको झुण्डिएको अवस्थामा शव फेला

संघीय प्रहरी इकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशिलकुमार यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । झुण्डिएको मृत अवस्थामा शव भेटिएको र मृत्युको कारणबारे केही थाहा नभएको प्रहरीले जनाएको छ ।
उनको कार्यालयको आफ्नै क्वाटरमा बिहिबार दिउँसो पौने १ बजेको समयमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । झुण्डिएको अवस्थामा मृत फेला परेका यादवकी काठमाण्डौमा रहेकी श्रीमती आएपछि सव निकाल्ने प्रहरीले तयारी गरेको छ ।
श्रीमती दिउँसो ३ बजेसम्म भैरहवा आईपुग्ने बताईएको छ । यद्यपी यादवका बुवा आमा भने भैरहवा आईसकेको प्रहरीले जनाएको छ । रामग्राम नगरपालिका वडा नं. २ नवलपरासी निवासी यादव २०४९ सालमा सेवा प्रवेश गरेका थिए । ५५ वर्षे सेवा हदका कारण आगामी माघमा सेवा अवधि सकिँदै थियो ।