प्रधानमन्त्री देउवाको प्रश्न : एमसिसिमा कहाँ छ राष्ट्रघात ?

1.3K

प्रधानमन्त्री देउवाको प्रश्न : एमसिसिमा कहाँ छ राष्ट्रघात ?

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनामा नेपालको हितमा रहेको बताउँदै त्यसलाई राष्ट्रघात भन्नेहरुलाई ‘कहाँ छ राष्ट्रघात ?’ भनेर प्रश्न गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रको आईतबार सुरु भएको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् ? भनेर पनि प्रश्न गर्नुभयो । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन ।’ उहाँले भन्नुभयो–‘पहिले पढ्नुप¥यो एमसीसी, कहाँ छ राष्ट्रघाती ?’
त्यस्तै उहाँले एमसिसिका बिषयमा छलफल भईरहेको बताउनु भयो ।प्रधानमनत्री देउवाले त्यसमा व्यापक छलफल गरेर सहमतिका साथ पास हुने पनि विश्वास व्यक्त गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनमा माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।