तिलोत्तमा जेसीसको बर्ष २०२२ को अध्यक्षमा बिनित भट्टराई निर्वाचित हुनु भएको छ । तिलोत्तमा जेसीसको सम्पन्न दशौं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले भट्टराईको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष पदमा दीपक घिमिरे, रामु रोका, उपाध्यक्षमा बिजय न्यौपाने, प्रथम पराजुली, प्रकाश न्यौपाने र कमल कंडेललाई चयन गरिएको छ ।
जेसीसको विधान अनुसार महासचिवमा प्रकाश गौतम, कोषाध्यक्ष पदमा सन्दिप पौडेल र कानुनी सल्लाहकारमा महेश शर्मा पौडेललाई अध्यक्ष भट्टराईले मनोनित गर्नुभएको छ ।
तिलोत्तमा जेसीसका अध्यक्ष बासुदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष विनोद ढकाल, पुर्वअध्यक्ष यादव भट्टराई, बिनोद सुवेदी, सिद्धार्थनगर जेसीसका अध्यक्ष गोपाल ज्ञवाली, निर्वाचन आयुक्त निर्वतमान अध्यक्ष लोकप्रसाद भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।