अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम काँग्रेसमा प्रवेश

1.3K

अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम काँग्रेसमा प्रवेश

अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित गौतम सोमबार अर्घाखाँचीको दुर्गाफाँटमा आयोजित आम सभामा काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
उहाँलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा प्रवेश गराउनु भएको हो । त्यस अवसरमा उपाध्यक्ष गौतम सहित ४ सय एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस अर्घाखाँचीले जनाएको छ ।
उक्त कार्यक्रममा महामन्त्री थापा सहित केन्द्रीय सदस्य पुष्पा भुसाल र सञ्जय गौतम लगायतका नेताहरु सहभागि हुनुहुन्छ ।