प्रमुख विपक्षी दल नेकपा एमाले रुपन्देहीको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । शुक्रबारदेखि भैरहवामा सुरु भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको हो । सर्वसम्मतीको लागि प्रयास गरेका नेताहरुले सहमतिमा केसीको नाम प्रस्ताव गरेको थिए । यद्यपी घिमिरेले पनि दावेदारी प्रस्तुत गर्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यद्यपी दुई नेतालाई मिलाएर सर्वसम्मत गराउने प्रयास भईरहेको प्रचार संयोजक मोहन चापागाईले बताउनु भयो । सर्वसम्मत भएन भने भोली आईतबार चुनाव हुनेछ । पदाधिकारीमा भने सर्वसम्मत भएको छ । उहाँका अनुसार पदाधिकारी र बाँकी पदमा भने एकल उम्मेदवारी परेको छ ।
उहाँका अनुसार उपाध्यक्ष पदमा जागेश्वरीदेवी चौधरी, सचिवमा यज्ञ गैरे तथा दुई उपसचिव पदमा हितराज पन्थी र चित्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । अध्यक्ष तथा पदाधिकारी र जिल्ला कमिटि सबै पदमा नेतृत्वले सहमति गरेर नाम प्रस्ताव गरेको थियो । एकाध बाहेक सोही अनुसार उम्मेद्वारी दर्ता भएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी बताउनु भयो ।