देवदहको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने घोडाहा जंगलको छेउमा मंगलबार दिउँसो एक अधवैशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो ।
शवको प्रकृति हेर्दा बालिकाको घाँटि रेटेर हत्या भएको प्रहरीको आशंका छ । यद्यपी शवको पहिचान हुन सकेको छैन । उनीहरु आमा छोरी हुन सक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
घटनास्थल रगताम्य रहेकोले कसैले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बडाएको जनाएको छ । पोष्टमार्टम र अनुसन्धानको लागि शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।