तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

1.3K

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाले शुक्रबार बिहान तराईमा हुस्सु/कुहिरो र सितलहर सम्बन्धि बुलेटिन जारी गर्दै नेपालमा तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको जनाएको हो ।
महाहाखाले बिहानको समयमा तराईका धेरै भू–भागमा कुहिरो÷हुस्सु लागेको र पश्चिम तराईमा साझ तिर र मध्ये तथा पूर्वी तराईमा मध्यान्न पछि क्रमिक रुपमा सुधार हुने जनाएको छ । त्यस्तै चिसोबाट बँच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।