देउवा, प्रचण्ड र नेपाल भेटवार्ता : एमसिसि र स्थानीय तह निर्वाचनको विषयमा छलफल

1.3K

देउवा, प्रचण्ड र नेपाल भेटवार्ता : एमसिसि र स्थानीय तह निर्वाचनको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच बुधबार दिउँसो बालुवाटारमा भेटवाता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएको र भेटमा एमसिसि तथा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको बुझिएको छ । भेटवाता करिव १ घण्टा भएको थियो ।
एमसिसि पारित गर्ने प्रधानमन्त्रीले तयारी गरेपछि पछिल्लो समय त्यस विषयमा सत्ता गठबन्धनमा रहेका दलहरु बिच खटपट देखिएको छ भने निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि आगामी जेठ ४ गते गर्न प्रधानमन्त्रीलाई परामर्श गरेको थियो । त्यस विषयमा समेत प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा रहेका दलहरुसंग छलफल गरेर मिति तोक्ने बताउनु भएको थियो । यद्यपी छलफलको निकर्ष भने बाहिर आएको छैन ।