सरकारले ठोस प्रस्ताव ल्याओस् छलफल गर्न तयार छौं : एमाले सचेतक ढकाल

1.3K

सरकारले ठोस प्रस्ताव ल्याओस् छलफल गर्न तयार छौं : एमाले सचेतक ढकाल

नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले संसद खुलाउने विषयमा सरकारले ठोस प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको बताउनु भएको छ ।
आफ्ना दुई जना सांसदलाई गरेको कारवाही प्रदेश सभाले अस्वीकार गरेको भन्दै त्यसको विरोधमा संसद अवरोध गर्दै आएको एमालेले संसद खुलाउने विषयमा ठोस प्रस्ताव नआएकै कारण सहमति बन्न नसकेको बताउँदै उहाँले सरकाले ठोस प्रस्ताव ल्याए त्यसमा आफूहरु छलफल गर्न तयार रहेको बताउनु भएको हो ।
एमालेले प्रदेश सभा सदस्यहरु विमला वली र अजय शाही आफ्नो पार्टीको दावी गर्दै प्रदेश सभा सदस्यबाट कारवाही गरेको भन्दै सभामुखलाई जानकारी गराएको थियो । यद्यपी अजय शाही आफू फरक पार्टीबाट चुनाव लडेको र नेकपा हुँदा आफू प्रदेश सभामा निर्वाचित भएकाले पार्टी विभाजन पनि आफूले माओवादी केन्द्र रोजेकाले एमालेले कारवाही गर्न नमिल्ने बताउँदै आउनु भएको छ ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा शाही र वली दुबै जना मन्त्री हुनुहुन्छ । प्रदेश सभाको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको भर्चुअल समारोहमा एमाले सचेतक ढकालले पूर्ववर्ती सरकारले बनाएको गोरेटोमा अगाडि बढ्न समेत वर्तमान सरकारलाई आग्रह गर्नुभयो । उहाँले अहिले सरकारले बजेट समेत आफ्ना कार्यकर्तालाई पोस्नेगरी बाडफाड गरिएको भन्दै बिरोध गर्नुभयो ।