नेपाली काँग्रेसको प्रवक्तामा महत

1.3K

नेपाली काँग्रेसको प्रवक्तामा महत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको छ ।
पार्टी सभापति देउवाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका नेता महतलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । महत महामन्त्री पदमा देउवा प्यानलबाटै चुनाव लड्नु भएको थियो ।