लुम्बिनी बिकास कोषको कोषाध्यक्षमा रुपन्देहीका सिद्धिचरण भट्टराई (ढुण्डिराज) नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले रुपन्देहीको देवदह निवासी भट्टराईलाई ५ वर्षे कार्यकालको लागि लुम्बिनी बिकास कोषको कोषाध्यक्षमा नियुक्त गरेको हो ।
दुई दशक देखि पत्रकारितामा आवद्ध भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर, समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ । त्यस्तै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही सहईञ्चार्ज हुनुहुन्छ ।