समाजसेवी/व्यवसायी खेम पुनको निधन

1.3K

समाजसेवी/व्यवसायी खेम पुनको निधन

बुटवल निवासी समाजसेवी तथा व्यवसायी खेम पुनको निधन भएको छ । ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक ६० वर्षीय पुनको मष्तिकघातका कारण मंगलबार मध्यान्न १२ बजे निधन भएको हो ।
उहाँको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएकोे प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताउनु भएको छ । २०१९ सालमा गुल्मीको भार्सेमा जन्मीका पुन बुटवलका सफल औषधि व्यवसायी समेत हुनुहुन्छ ।
औषधि व्यवसायी पुन विशेष बैठकका लागि शनिबार विराटनगर जानु भएको थियो । बैठककै क्रममा स्वास्थ्यमा असहज भएपछि बाहिरिएका पुनलाई बेहोस अवस्थामा भेटाईएको थियो । सोमबार हेलिकप्टरमार्फत काठमाण्डौ लगेर ग्रिनसिटी अस्पतालमा उपचार भईरहेको थियो ।