काँग्रेस कार्यसम्पादन समितिको बैठक : सत्ता गठबन्धन टुटेपनि एमसिसि अनुमोदन गर्नुपर्छ

1.3K

काँग्रेस कार्यसम्पादन समितिको बैठक : सत्ता गठबन्धन टुटेपनि एमसिसि अनुमोदन गर्नुपर्छ

सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले सत्ता गठबन्धन टुटेपनि एमसिसि पास गर्नुपर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पार्टी कार्यालय सानेपामा बिहिबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा सत्ता गठबन्धन रहेपनि नरहेपनि एमसिसि पास गर्नुपर्ने निश्कर्ष निकालिएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भित्र एमसिसिका सम्बन्धमा भईरहेको छलफलको विषयमा जानकारी गराउनु भएको थियो । अमेरिकाले अनुदान दिन लागेकाले एमसिसि परियोजना नेपालको हितमा रहेको र यसमा धेरै विवाद गरिरहनु आवश्यक नभएको सभापति देउवाले बताउनु भयो ।