एमसिसिलाई सभामुखले रोक्न मिल्दैन : ओली

1.3K

एमसिसिलाई सभामुखले रोक्न मिल्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अमेरिकी सहयोग परियोजनालाई संसदमा पेस गर्न सभामुखले रोक्न नमिल्ने बताउनु भएको छ । नेकपा एमालेको स्थानीय तह लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले संसदमा सरकारले ल्याउने कुनैपनि विजनेश रोक्ने कुरा सभामुखको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएको बताउनु भयो ।
यस अगाडि आफू प्रधानमन्त्री हुँदा तत्कालिन सभामुख कृष्णबहादुर महराले पनि एमसिसिलाई अनधिकृत रुपमा रोकेको उहाँले बताउनु भयो । ‘पास फेल के हुन्छ आफ्नो ठाउँमा छ ।’ उहाँले भन्नुभयो–‘एमसिसिबारे संसदले निर्णय गर्न पाउनु पर्छ ।’
एमसिसि परियोजनाका अधिकारीहरुसंग एउटा कुरा गर्ने र नेपाली जनतासंग अर्कै कुरा गर्ने भन्दै अत्यन्तै गैरजिम्मेवार व्यवहार देखाएको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसिसिलाई पत्र लेखेर फेब्रुअरी १ भित्रै संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गर्नुभएको थियो । तर माओवादी अध्यक्ष प्रचण्डले एमसिसि पास गर्छौ नभनेको बताउँदै आएपनि अहिले उक्त पत्र सार्वजनिक भएको छ ।