काँग्रेसको बाँकी जिल्लाको अधिवेशन फागुन १३ मा

1.3K

काँग्रेसको बाँकी जिल्लाको अधिवेशन फागुन १३ मा

नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १३ गतेलाई तोकेको हो ।
यस अगाडि ती जिल्लाको अधिवेशन यहि माघ १५ गते तोकिएपनि स्थगित भएको थियो ।
नेपाली काँग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, सिन्धुली, पर्सा, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, मकवानपुर, चितवन, नवलपरासी पुर्व, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ ।