लायन्स क्लवमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्व चयन गर्न आगामी शनिबार हुने निर्वाचनको लागि उम्मेदवारहरु प्रचारमा व्यस्त छन् ।
यहि माघ ७ गते लायन्स जिल्ला ३२५ बी २ को दशौ अधिवेशन हुँदैछ । लायन्स जिल्ला ३२५ बी बहुविभाजित भइ बनेको प्रस्तावित जिल्ला ३२५ ‘पी’ को नेतृत्वको लागी विभिन्न पदमा उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरु मतदातामाझ प्रचारप्रसारमा व्यस्त छन् ।
यही फागुन ७ गते चितवनमा हुने लायन्स जिल्ला ३२५ बी २ को जिल्ला अधिवेशनबाट प्रस्तावित डिष्ट्रिक ३२५ पी को नेतृत्वको लागि तीन पदमा सात जनाको उम्मेद्वारी परेको छ ।
लायन्स जिल्ला ३२५ पी को नेतृत्वको लागि डिष्ट्रिक गर्भनर पदमा नवराज न्यौपाने र उमंग देवकोटाको उम्मेदवारी परेको छ ।
त्यस्तै प्रथम भाइस डिष्ट्रिक गर्भनर पदमा अर्जुनमान सैजुको एकल उम्मेद्धवारी परेको छ । त्यस्तै द्वितीय भाइस गर्भनर पदमा बालाराम भट्टराई, कुशप्रसाद मल्ली, पुरुषोत्तमभक्त प्रधानाङ्ग र सुशिल प्रधानको उम्मेदवारी परेको छ ।

द्वितीय डिष्ट्रिक गभर्नर पदका उम्मेदवार बालाराम भट्टराईले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै लायन्समा बिधिको शासन स्थापित गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनु भएको छ । बिहिबार रुपन्देहीको मणिग्राममा कार्यक्रम गरेर चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।
उहाँले पछिल्लो समय लायन्सवादको भावना बिगार्ने काम भईरहेको आरोप लगाउँदै लायन्सहरुलाई एकताको सुत्रमा बाधेर समाज सेवामा जोड्नको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो । उहाँले आफू विजयी भएमा एक लायन्स एक परियोजना अभियानको थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले परियोजनाको लागि प्रस्ताव लेखन तालिम सञ्चालन गर्ने, योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्ने, बुटवलको लायन्स शवदाह गृहलाई प्रविधियुक्त बनाउने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभयो ।