अमेरिकी सहयोगमा आधारित ‘एमसिसि’ परियोजना प्रतिनीधि सभा (संसद) बैठकमा टेबुल हुने भएको छ । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाका शिर्श नेताहरुको आईतबार (आज) बिहान बसेको बैठकमा आज बस्ने प्रतिनीधि सभाको बैठकमा एमसिसि टेबुल गर्ने सहमति जुटेको हो ।
आज दिउँसो १ बजे प्रतिनीधि सभाको बैठक बस्दैछ । त्यसअगाडि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्नेछ । यसले एमसिसिलाई एउटा निश्कर्षमा पु¥याउने आशा गरिएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसि परियोजना पास गर्नुपर्ने पक्षमा रहेपनि सत्ता साझेदार दलहरु माओवादी केन्द्र र नेकपा एस यथास्थितीमा पास गर्न नहुने अडानमा थिए । जसका कारण सत्ता साझेदार दलहरु आफै विभाजित भएका थिए ।