काँग्रेस–एमाले निरन्तर छलफलमा : एमसिसिको कारणसत्ता गठबन्धन धरापमा

1.3K

काँग्रेस–एमाले निरन्तर छलफलमा : एमसिसिको कारणसत्ता गठबन्धन धरापमा

अमेरिकी सहयोगमा आधारित एमसिसि परियोजनाका कारण सत्ता गठबन्धन धरापमा परेको छ । एमसिसिको विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरु विभाजित हुँदा गठबन्धन नै धरापमा परेको हो ।
जसका कारण बिहिबार दिउँसो बोलाईएको संसद बैठक समेत स्थगित गरिएको छ । एमसिसि अगाडि बढाउने विषयमा सत्ता गठन्धनका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एसमाजवादी सहमतिमा नआएका कारण सरकारको नेतृत्व गरेको काँग्रेसले एमालेसंग सहयोग माग्दै त्यसको लागि सबै विकल्पमा छलफल गर्न तयार भएको छ ।
संसद बैठक स्थगित भएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसंग एमसिसि पास गर्न सहयोग गर्न र त्यसको लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भएको हो । जवाफमा एमाले अध्यक्ष ओलीले संसदमा भाग लिने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो । अध्यक्ष ओलीले उठान गरेको विषय सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामाको विषय प्रष्ट बुझिएको छ । एमालेले त्यसमा काँग्रेसको समर्थन खोजेको हो । त्यस विषयमा पनि काँग्रेस सकारात्मक देखिएको छ । काँग्रेस र एमाले विच भएको उक्त छलफल सकारात्मक भएको र थप छलफलको लागि दुई दल बिच साँझ पुनः बैठक बस्ने बताईएको छ । एमाले अध्यक्ष ओलीले पार्टीमा नेताहरुसंग छलफल गरेर निर्णयमा पुग्ने बताएपछि निर्णायक बैठक साँझ बस्न लागेको हो ।
काँग्रेस एमालेको छलफल पछि काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमसिसिका कारण सत्ता गठबन्धन धरापमा परेको बताउनु भयो ।