अमेरिकी सहयाेगमा आधारित एमसिसि परियाेजना संसदबाट अनुमाेदन भएकाे छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आईतबार बसेकाे संसदकाे दाेस्राे बैठकले अनुमाेन गरेकाे हाे ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएकाे थियाे । गत असाेज ८ गते संसदमा टेवुल भएकाे एमसीसीमाथि आइतबारकाे पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले प्रकियामै भाग लिएनन् । गत भदाै २३ देखि संसदमा नाराबाजी गर्दै आएको एमालेका सांसदहरूले दुबै वैठकमा नाराबाजी गरेका थिए। एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिएर एमसीसीको विरोध गर्नुभयाे ।
छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री शर्माले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताउनु भयाे ।
संसदको दोस्रो बैठकमा अर्थमन्त्री शर्मा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउनु भएकाे थियाे ।