लुम्बिनी प्रादेशिक अस्पतालमा ४० बेडकाे आईसियू र ४० बेडकाे मेडिकल वार्ड थप

1.3K

लुम्बिनी प्रादेशिक अस्पतालमा ४० बेडकाे आईसियू र ४० बेडकाे मेडिकल वार्ड थप

स्थापना भएकाे ११२ वर्ष पूरा गरेकाे बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४० बेडको आईसीयू र ५० बेडको मेडिकल वार्ड संचालनमा ल्याईएको छ । उक्त आईसियू तथा मेडिकल वार्डकाे वार्षिकाेत्सव विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभयाे ।
त्यस अवसरमा बाेल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने प्रतिवद्धता दाेहाेर्याउनु भयाे । उहाँले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको बनाईने दावी गर्नुभयाे ।
अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको बताउंदै उहाँले उपचारको लागि भारत तथा तेश्रो मुलुक जानुपर्ने बाध्यताकाे अन्त्य गरिने प्रतिवद्धता गर्नुभयाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. ईन्द्र ढकालले अस्पताल भित्र प्रवेश गरेका बिरामी सेवा नपाएर फर्कन नपर्ने गरि अस्पतालले सेवा विस्तार गर्दै गएको बताउनु भयाे ।
त्यस अवसरमा अस्पतालमा दीर्घसेवा गर्नेहरुलाई सम्मान गरिएकाे थियाे । त्यस्तै वार्षिकउत्सवकाे आईतबार आयोजना गरिएको मुल समारोहका अस्पतालका कर्मचारीकाबीच भएको अतिरिक्त क्रियाकलपमा सफल कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने सो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।