रूपन्देही, कपिलवस्तु र नवलपरासीका सीमानाका तीन दिन बन्द हुने भएका छन् । भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि सीमानाका बन्द हुने भएका हुन् ।
नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले आज साँझ ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निणर्य गरेको हो । १९ गते हुने निर्वाचनको ४८ घण्टाअघिदेखि सुरक्षाको कारण देखाएर नेपाल आवतजावत गर्न बन्द गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
निर्वाचनको सुरक्षा संवेदनशिलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको प्रजिअ तिवारीले बताए ।