निर्माण सम्पन्न भएको भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाईट (यान्त्रिक जडान) परीक्षण सकिएको छ । योसंगै प्ररीक्षण उठानको तयारी गरिएको छ । क्यालिव्रेसन फ्लाईट सफलतापूर्व सकिएको छ । त्यसको अझै रिपोर्ट नआईसकेपनि राम्रो देखिएको क्यालिव्रेसन फ्याईट परीक्षण गरेको एरो थाईका प्राविधिकहरुले प्रतिक्रिया दिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोबिन्दप्रसाद दाहालका अनुसार थाईको प्राविधिक टोलीले उडानमा सबै राम्रो भएको जानकारी गराएका छन् । थाइल्याण्डबाट ल्याइएको विशेष विमान मार्फत उडान भरेको विमानको दुरी, उडान भरेको विमानले प्रयोग गर्ने रुट, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतको परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट १० भित्रमा आउने महाप्रवन्धक दाहाल बताउनु हुन्छ । थाईल्याण्डबाट आएको पाईलट सहितको प्राविधिक टोलीले यहि फागुन ६ देखि १६ गतेसम्म क्यालिव्रेसन फ्लाईट परीक्षण गरेका थिए ।
जडान गरिएको उपकरणहरु ठिक भएनभएको रिपोर्ट आएपछि सोही अनुसार अगाडि बढ्ने विमानस्थल व्यबस्थापनको तयारी छ । त्यसको लागि यहि फागुन २३ गते सरोकारवाला बिच छलफलको लागि बोलाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालो शिलान्यास गर्नुभएको थियो । करिव ३० अर्बभन्दा बढीको लागतमा झण्डै ८ सय बिगहामा क्षेत्रफल जमिनमा तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरर्राष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको सबै निर्माण सम्पन्न भई सकेका छन् ।