लुम्बिनीमा ‘जि ३१० जीएस र जी ३१० आर’ मोटरसाईकलको बिक्रि सुरु

1.3K

लुम्बिनीमा ‘जि ३१० जीएस र जी ३१० आर’ मोटरसाईकलको बिक्रि सुरु

दुई वर्ष अगाडि बिक्रि सुरु भएको बीएमडब्ल्यु ३१० ट्वीन भर्सनको लुम्बिनी प्रदेशमा बिक्रि सुरु गरिएको छ । कम्पनीको लुम्बिनी प्रदेशको लागि आधिकारिक विक्रेता बुटवलको कालिकानगरमा रहेको चाहना ईम्पेक्सले जि ३१० जीएस र जी ३१० आरको बीएस ६ भर्सनका मोटरसाईकलको विक्री सुरु गरेको हो ।
बीएसडब्व्ल्यु ३१० ट्वीनले नेपाली बजारमा राम्रो सफलता पाएको छ । चाहना ईम्पेक्सका सञ्चालक अनुभवमान सैंजुका अनुसार कम्पनीले विक्री गर्ने जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो ।
जी–३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विडकूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३३.५ बीएच पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन अप्सनमा नेपाल आएको छ । जि ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ ला ७५ हजार, कस्मीक ब्ल्याक २ को मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार १३ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यस्तै जी ३१० जीएसको पोलार ह्वाइटको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र काइनाइट ब्लस मेटालीकको मूल्य १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ ।