संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहिबार (आज) बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपका अनुसार दुर्घटना पश्चात् १४ जनाको लाश भेटिएको छ भने ५ जना घाइते भएका छन् । तर मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।