आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि गाउँ–टोलमा नेपाली कांग्रेसले आफ्नो सक्रियता बढाएको छ । पार्टीलाई जनस्तरमा बलियो बनाउन कांग्रेस वाणगंगाले सक्रियता बढाएको हो । यसैक्रममा नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नः ११ ले टोल कमिटी बिस्तारलाई तिब्रता दिएको छ । वडास्तरको सबै टोल टोलमा कमिटी गठन गरिने जनाएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिएपछि वाणगंगामा चुनावी माहोल तातेको छ । वाणगंगा ११ मा आफ्नो गढ मान्दै आएको काँग्रेसले अघिल्लो निर्वाचनमा मेयर सहित वडा सदस्य जनप्रतिनिधि सवैजना विजय भएपनि वडा अध्यक्ष पदमै पराजय बेहोरेपछि यसपालि पहिलाको साखलाई जोगाउँदै स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा नेपाली कांग्रेस वाणगंगा ११ कांग्रेस रहेको छ ।आगामी निर्वाचनमा कांग्रेसले मेयरसहितका पदमा सहजै जित्ने र आफ्नो उपस्थिति स्थानीय सरकारमा बलियो बनाउने योजना आफुहरुको रहेको नेपाली काँग्रेस वडा नम्बर ११ का सभापति नरेन्द्र चौधरीले बताउनु भयो । १२ वटा टोल समिति रहेको वडामा करिव सवै वडामा वडा कमिटि गठन भईसकेको वडा सभापति चौधरीले जानकारी दिनु भयो ।
वडामा नेपाली काँग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन वडाभरीका प्रत्येक टोल टोलमा संगठन बिस्तार गने लक्ष्य रहेको र सोही अनुरुप कार्य भईरहेको वडा सचिव अनन्त पाठकले जानकारी गराउनु भयो । नेपाली काँग्रेसको संगठन बिस्तारमा आफुहरु कटिबद्ध भई लागेर टोलमा काँग्रेसलाई मजबुद बनाई गाउका युवा शक्तिलाई समेत परिचालित गर्ने सचिव पाठकले बताउनु भयो । पार्टीले दिएको जिम्मेबारीलाई कुशलतापूर्बक निर्बाह गर्ने उहाँको भनाई रहेको छ ।
