कुखुराको मासुको मूल्यमा वृद्धि

1.3K

कुखुराको मासुको मूल्यमा वृद्धि

ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामा दोस्रो पटक वृद्धि भएको छ । गत सोमबार किलोमा १० रुपैयाँले बढेर प्रतिकिलो २९० रुपैयाँ पुगेको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबार (आज) देखि पुनः बढेको हो ।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त हुने कच्चा पदार्थ महँगो भएकोले मूल्य वृद्धि भएको संघले जनाएको छ ।
कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघकाअनुसार अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।