फेरि बढ्याे इन्नधनकाे मूल्य

1.3K

फेरि बढ्याे इन्नधनकाे मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य बढाएकाे हाे ।
निगमले डिजेल, मट्टीतेल र पेट्रोलमा प्रति लिटर ५ रुपैंया बढाएकाे हाे ।
नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलकाे १ लिटरलाई १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्नेछ ।
हवाई इन्धन आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । याे संगै प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।
खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि एलिप ग्याँसमा निगमलाई प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ ।
निगमका अनुसार अझैपनि निगमलाई पेट्रोलमा प्रतिलिटर २८ रुपैया ५७ पैसा, डिजेलमा ३२ रुपैया १५ पैसा घाटा छ ।  मट्टितेलमा भने प्रतिलिटर २४ रुपैया ३४ पैसा नाफा छ ।