रोटरी तिलोत्तमा रुपन्देहीद्वारा ज्योती आधारभूत विद्यालयमा रंगरोगन

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा ज्योती आधारभूत विद्यालयमा रंगरोगन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले तिलोत्तमाको ज्योती आधारभूत विद्यालयमा रंगरोगन गरिदिएको छ । क्लवले प्रत्येक होलीमा गर्दै आएको सिग्नेचर प्रोजेक्ट अन्तरगत तिलोत्तमा नगरपालिका वडा नं. ८ चारनम्बरमा रहेको उक्त विद्यालयमा रंगरोगन गरिदिएको हो ।
क्लवले विगत १० वर्षदेखि प्रत्येक वर्ष एउटा सरकारी विद्यालयमा रंगरोगन गर्दै आएको छ । बिद्यालयमा रंग रोगन पछि हस्तान्तरण कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजुले रोटरीले गरेका र गर्न सक्ने कामहरुको बारेमा जानकारी गराउँदै विद्यालय रंगरोगन कार्यक्रम स्रहानीय रहेको बताउनु भयो ।
उहाँले प्रत्येक वर्ष एउटा एउटा विद्यालयमा गर्नुभन्दा पनि निश्चित विद्यालयको समग्र शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्नेगरी काम गर्न सुझाव दिनुभयो । रोटरीले थप सहकार्य गर्न सक्ने कार्यक्रम अरु के के हुनसक्छन् ती विषयमा पनि थप छलफल गर्न सकिने भनाई राख्नुभयो ।

क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईले क्लवले अगाडि सारेको कार्यक्रमको निरन्तरता दिनको लागि प्रयाप्त स्रोतसाधन नभएको विद्यालय छनौट गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
त्यस्तै उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनराज आचार्यले क्लवले आफ्नो विद्यालयलाई छनौट गरि रंगरोगन गरिदिएकोमा आभार व्यक्त गर्नुभयो ।
शनिबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा रोटरी डिष्ट्रिककी एसिस्टेन्ट गभर्नर देवी गुरुङ, काँग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, क्लवका पूर्व अध्यक्ष खिमानन्द भुसाल, कोषाध्यक्ष देवीराम पाण्डे लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव निराजन पोखरेलको सञ्चालनमा भएको थियो । क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्यालका अनुसार विगत १० वर्षदेखि सुरु गरिएको उक्त कार्यक्रमबाट हालसम्म १० वटा विद्यालयमा रंगरोगन गरिएको छ ।