लायन्स क्लव अफ बुटवलमा पूर्वअध्यक्ष तथा संस्थापकलाई सम्मान

1.3K

लायन्स क्लव अफ बुटवलमा पूर्वअध्यक्ष तथा संस्थापकलाई सम्मान

लायन्स क्लव अफ बुटवलका संस्थापक तथा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएकाे छ । शनिबार साँझ आयाेजना गरिएकाे लायन्स वर्ष २०२०/२१ काे अवार्ड वितरण तथा सम्मान कार्यक्रमकाे आयाजना गरि क्लवका पूर्वअध्यक्ष तथा संस्थापकहरुलाई सम्मान गरिएकाे हाे । उनीहरुलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे । समाजसेवी पूर्वसांसद स्वर्गीय सुर्यप्रसाद प्रधानकाे नेतृत्वमा सन् १९८३ मा नारायणी पश्चिममा पहिलाे लायन्स क्लव अफ बुटवल स्थापना गरिएकाे थियाे ।
क्लवकाे याे अघिल्लाे वर्षकाे कार्यक्रम हाे । क्लवका वर्ष २०२०/२१ का अध्यक्ष संजय कलवार जयसवालले याे कार्यक्रम पहिले नै तय गरिएपनि काेराना महामारीकाे तेस्राे भेरियन्ट ओमिक्राेन फैलिएपछि त्यसवेला राेकिएकाे थियाे ।
सम्मान कार्यक्रममा बाेल्दै लायन्सका नवनिर्वाचित डिष्ट्रिक गभर्नर नवराज न्याैपानेले अग्रजहरुकाे भिजन र याेगदानकै कारण लायन्स क्लव अफ बुटवलले छुट्टै ईतिहास र पहिचान बनाएकाे बताउनु भयाे । उहाले क्लवहरुकै सहयाेग र सहभागितामा १५ वटा डिष्ट्रिकमा सबैभन्दा राम्राे डिष्ट्रिक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा लायन्सका नवनिर्वाचित प्रथम भाईस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, पूर्वगभर्नरहरु अरुणप्रताप राणा, महेन्द्रनारायण श्रेष्ठ, सुनिल वझा, नवनिर्वाचित द्वितीय भाईस डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, क्लवका संसथापक सचिव तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझा, पूर्वअध्यक्ष निर्मलप्रसाद लाकाैल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । क्लवका निवर्तमान अध्यक्ष संजय कलवार जयसवालकाे अध्यक्षतामा भएकाे कार्यक्रम तत्कालिन सचिव प्रतीक पाेखरेलकाे सञ्चालनमा भएकाे थियाे ।
त्यसअवसरमा क्लवमा उत्कृष्ट काम गर्ने सदस्यहरुलाई विभिन्न अवार्ड प्रदान गरिएकाे थियाे । त्यस्तै क्लवकाे बैठक तथा कार्यक्रमहरुमा पूर्ण सहभागी हुने सदस्यहरुलाई सम्मान गरिएकाे थियाे । क्लवले सञ्चालन गरेका निशुल्क आँखा स्वास्थ्य शिविर र माेतियाबिन्दु शल्यक्रिया शिविरमा याेगदान पुर्याएवापत लायन्स आँखा अस्पतालका कर्मचारीहरुलाई सम्मान गरिएकाे थियाे ।