आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे बालुवाटारमा सत्ता गठबन्धनको छलफल

1.3K

आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे बालुवाटारमा सत्ता गठबन्धनको छलफल

आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमका विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास वैरागी पनि हुनुहुन्छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र स्थानीय तह निर्वाचनको पनि समिक्षा गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ १० गते संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रम सदनमा पेस भएपछि सांसदहरुले दिएका सुझावलाई समेत ध्यानमा राखेर वार्षिक बजेट ल्याउने गरिन्छ ।
आगामी वर्षको वार्षिक बजेट जेठको १५ गते संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।