नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज) रुपन्देहीले प्रदान गर्ने स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार पत्रकार लाेकनेस ढेगालाई प्रदान गरिएकाे छ । उहालाई फाेनिजकाे २३ ओैं स्थापना दिवसकाे अवसरमा आईतबार बुटवलमा कार्यक्रमकाे आयाेजना गरी सम्मान सहित पुरस्कार प्रदान गरिएकाे हाे ।
उहालाई लुम्बिनी प्रदेश उर्जा जलस्राेत तथा सिचाई मन्त्री बिरबहादुर रानाले नगद पुरस्कार र सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्नुभएकाे हाे । साे पुरस्कारकाे राशी ११ हजार १ सय ११ रुपैंया रहेकाे छ । त्यसै अवसरमा फाेनिज रुपन्दीका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै मन्त्री रानाले अहिले कतिपय आदिसासी र गैरआदिवासीमा पनि अतिवादी प्रबृत्ति देखिन थालेकाे बताउँदै त्याे देशकाे लागि दुर्भाग्य हुने बताउनु भयाे । उहाले अतिवादी साेंच र चिन्तनले सांम्प्रदायिक द्वन्द्व भड्काउने भएकाले सद्भाव र सहिष्णुता कायम राख्न आग्रह गर्नुभयाे ।
मन्त्री रानाले पत्रकारिता आफैमा सिर्जना भएकाले आदिवासी जनजाती समुदायका पत्रकारलाई पनि सिर्जनशिल हुन आग्रह गर्नुभयाे ।
फाेनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा फाेनिजकी केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश ईन्चार्ज मिलन गाहा, आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, प्रेस चाैतारीका लक्षमण पाैडेल लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रम सचिव राज चाैधरीकाे सञ्चालनमा भएकाे थियाे ।