गृहमन्त्री खाँणको रुपन्देहीमा ३ मा उम्मेदवारी दर्ता

1.3K

गृहमन्त्री खाँणको रुपन्देहीमा ३ मा उम्मेदवारी दर्ता

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । काँग्रेस नेता खाँणले सत्ता गठबन्धनको तर्फबाट रुपन्देही ३ मा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनीधि सभामा गृहमन्त्री खाँण सहित प्रदेश सभा सदस्य पदमा क मा लोसपाका सन्तोष पाण्डे र ख मा नेपाली काँग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
भैरहवाको गल्लामण्डीस्थित काँग्रेसको सम्पर्क कार्यालयबाट गठबन्धनका समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरुले उम्मेदवारी दर्ता गराउनु भएको हो ।