सरकारले प्याराग्लाइडिङ् उडानमा प्रतिवन्ध लगाएको छ । यो निर्णयसंगै देशभर प्याराग्लाइडिङ् उडान बन्द हुनेछ ।
नवौं राष्ट्रिय खेलकुदको क्रममा पोखराको सराङकोटमा आईतबार प्याराग्लाईडिङ् दुर्घटना हुँदा एक जनाको ज्यान गएपछि सरकारले देशैभरी अनिश्चितकालको लागि प्याराग्लाईडिङ् उडानमा प्रतिवन्ध लगाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणले अव प्याराग्लाईडिङ उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्ने जनाएको छ ।
अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको हो ।
प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा समस्या भएको र यसलाई ध्यानमा राखेर प्राधिकरणले त्यो व्यवस्था नहुँदासम्म प्याराग्लाईडिङ् उडान बन्द गरेको हो ।