गृहमन्त्री बालकृष्ण खाँणले असन्तुष्ट दलका माग सम्बोधनको लागि प्रकृया अगाडि बढाइएको बताउनु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका गृहमन्त्री खाँणले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताउनु भएको हो ।
बुटवल उपमहानगरपालिकाको वडा नं. १९ मा आईतबार आफ्नो चुनावी प्रचार कार्यालयको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका गृहमन्त्री खाँणले ती दलले राखेका मागलाई सम्बोधन गर्नको लागि मन्त्री परिषदले प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी गराउनु भएको हो ।
राजनीतिक तथा प्रशासनिक निर्णयबाट पुरा गर्न सक्ने मागका सम्बन्धमा प्रकृया अगाडि बढेको र ती दललाई राजनीतिको मुलधारमा ल्याइ मुलुकमा शान्ति पुनस्थापना गर्न कानुन संशोधन गर्न परेपनि संशोधनको प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयो ।