सरकारले भाेली सार्वजनिक बिदा दिएकाे छ । संस्कृतीविद् सत्यमाेहन जाेशीकाे निधनमा शाेक व्यक्त गर्दै सरकारले भाेली मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनु भएकाे हाे ।
जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उहाँको निधन भएको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाईने छ ।