सत्ता गठबन्धनले आज बुटवलमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै : शिर्श नेताले सम्बोधन गर्ने

1.3K

सत्ता गठबन्धनले आज बुटवलमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै : शिर्श नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आफ्ना नेता कार्यकतालाई प्रशिक्षण गर्दैछ । सत्ता गठबन्धनले आज लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण गर्न लागेको हो । दिउँसो २ बजे आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्ने कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी गराउनु भयो ।
गठबन्धनको केन्द्रीय संयन्त्रले तोकेबमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी सहभागि हुनेछन् ।