विष्णु पौडेलको मत घट्ने यस्ता छन् ‘फ्याक्टर’

1.3K

विष्णु पौडेलको मत घट्ने यस्ता छन् ‘फ्याक्टर’

रुपन्देही निर्वाचन क्षेत्र न. २ मा सत्ता गठबन्धनका उम्मेद्वार नेकपा एकिकृत समाजवादीका नेता राजु गुरुङको उम्मेद्वारी खारेजीसँगै विष्णुु पौडेल विजयी भइसकेको जसरी प्रचार शुरु गरियो । एमाले कार्यकर्ताले रुपन्देही २ मा अब पौडेललाई टिका मात्रै लगाइदिए हुन्थ्यो जसरी सामाजिक सञ्जालमा स्टाटस लेखेँ । तर, त्यसरी कार्यकर्ता खुुशी भएपनि एमालेका उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पौडेलको मनमा चैयन भने छैन ।
सत्ता गठबन्धनले गुरुङको उम्मेद्वारी खारेज गरेपनि विकल्पमा राष्ट्रिय जनमुुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा सूूर्यवंशीलाई समर्थन गरेपछि पौडेलको त्रासदी झनै चुलिएको छ । सार्वजनिक रुपमा आफूूसँग प्रतिस्पर्धी नै नभएको बताउने पौडेललाई बुुटवलमै हुर्किएको बौद्धिक र शिक्षित युवालाई गठबन्धनको समर्थनले एमालेलाई झस्काइदिएको छ । पौडेल यसरी डराउनुको पछाडि आफ्नो विवादित छवि र ०७४ सालमा गरेका चुनावी प्रतिबद्धता नै हुन् । पौडेलले अघिल्लो निर्वाचनमा बुटवललाई लुुम्बिनी प्रदेशको राजधानी जसरी पनि कायम गर्ने, सुुकुम्बासीलाई लालपूूर्जाको सिरानी हालेर सुुत्न पाउने ठोकुुवा नै गर्नु भएको थियो । त्यति मात्रै होईन बुुटवलमा व्याप्त झुम्सा खानेपानी आयोजना ल्याउने, बुुटवल सिक्स लेन सडक पूूरा गर्ने, पारी बुटवललाई रात्रीकालिन बजार बनाउने, सिद्धबाबा सडकलाई सुरक्षित बनाउने । तर, यी ऐजेन्डा कहाँ पुुग्यो ? पौडेलसँग जवाफ छैन ।
प्रदेशको राजधानी तोक्दा पौडेलले अर्थमन्त्री बनेर मौन बस्नु भएको थियो । प्रदेश सांसद र मन्त्री समेत रहेका लिला गिरी मन्त्रीपरिषदमा एक शब्द पनि बोल्नु भएन । भोजप्रसाद श्रेष्ठले स्टण्डबाजी गरेजस्तो गर्नुभयो, तर उहाँले पनि अन्तत स्थायी राजधानी दाङ बनाउने सरकारको प्रस्तावको पक्षमा मतदान गरेरै छाड्नु भयो । यीनै ऐजेन्डाका कारण पौडेल सबैभन्दा कमजोर बन्नु भएको छ । यति मात्रै कहाँ होर, वालुुवाटारको सरकारी ८ आना जग्गा आफ्नो छोरा नविन पौडेलका नाममा खरिद गरेको घटनाले त पौडेलको राजनैतिक इमान्दारीतामाथि गम्भिर प्रश्न उठेको छ ।
वालुुवाटारको ८ आना जग्गा पौडेलले फिर्ता त गर्नुभयो, तर कानुनी रुपमा गरेको अपराध शक्ति र सरकारको बलमा चोखिनु भएको हो । जबकी २०६९ सालमा सरकारीवादी फौजदारी मुद्दा नम्बर ०१३०२ को निर्णय नम्बर २११ मा पौडेल जसरी नै ठगिएकी एक महिला भने दुई बर्ष जेल बस्नु परेको नजिर छ । महोत्तरी (तत्कालिन वेलगाछी गाविस वडा नम्बर २) स्थायी घर भएकी तिलककुमारी खड्काले २०६४/६५ सालतिर राजधानीको चाँगुनारायणमा चार आना जग्गा सस्तैमा पाइयो भनेर पाँच लाख तिरेर आफ्नो नाममा पास गर्नु भएको थियो । तर, जग्गा बेच्ने मान्छेले जग्गाधनीको नक्कली वारेसनामा बनाएर उहाँलाई पास गरिदिएको मुद्धामा २०६९ साल पुस १८ गते जिल्ला न्यायाधिस मुरारीबाबु श्रेष्ठले फैसला तिलककुमारी श्रेष्ठलाई २ बर्ष कैद र उनले २ लाख २६ हजार ५६२ रुपैयाँ ५० पैसा जरिवाना तिर्नु परेको थियो । ‘विष्णुु पौडेल सरकारी जग्गा पहुँचको आधारमा खरिद गरेर लालपूूर्जा लिएको बिषय अपराध हो, यसमा पौडेल दोषी देखिन्छ’ एक बरिष्ठ अधिवक्ताले भन्नु भयो ।
पौडेल वालुुवाटार काण्डका कारण पनि आफ्नो निर्वाचन क्षेत्रमा अलोकप्रिय हुनुहुन्छ । पौडेलले आफूूलाई विकासको ‘रोलमोडेल’ भनेर प्रचार गरेपनि बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा बुटवलवासीले सास्ती व्यहोरीरहेका छन् । राजधानी दाङ तोकिएलगत्तै अर्थमन्त्री भएका पौडेलले बरु राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण पूरा गर्ने भन्दै पुुन २०७७ माघ १४ गते शुुभारम्भ गर्नु भएको थियो । राजमार्ग चौराहामा शिलान्यास गर्न हतारिएका पौडेल निर्वाचित जनप्रतिनिधिका रुपमा रहेपनि त्यसपछि सडक निर्माणका बारेमा न त संसद न त कतै पहलकदमी नै गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रको मुुद्धामा समेत मौन बस्ने र चुनावका बेला विकासे कुरा गरेकै कारण बुुटवल क्षेत्रमा पौडेलप्रती अविश्वास बढ्दै गएको हो ।

अंकगणित पनि बलियो

रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट लगातार पछिल्ला ३ निर्वाचनमा पौडेलले जित्नु भएको छ । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा डा.बाबुराम भट्टराई र कांग्रेसका सुर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराउनु भएको थियो ।
२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी हुनु भएको थियो भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराउनु भएको थियो । पौडेल मात्रै यस्तो नेता हुनुहुन्छ, रुपन्देहीको क्षेत्र न. २ (७४ अघिसम्म निर्वाचन क्षेत्र ४) बाट लगातार ३ पटक निर्वाचन जित्न सफल हुनु भयो । लगातार जीत हासिल गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रलाई ‘एमाले लालकिल्ला’ का रुपमा उहाँले परिचित समेत बनाउनु भयो । तर, गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले ‘एमाले लालकिल्ला’ भत्काइदियो । बुुटवलमा स्थानीय तहमा नराम्रो पराजयपछि नै पौडेलका लागि रुपन्देही २ मा चुनौती बनेको हो । एकातर्फ नेकपा एमाले विभाजित भएको छ । अर्कोतर्फ पाँच दलीय गठबन्धन । सत्तागठबन्धनले समर्थन गरेको जनमुुक्ति पार्टी जनमतको हिसाबले २०७४ सालको तेस्रो शक्ति हो ।
पौडेलको निर्वाचन क्षेत्रमा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् । यी तीनै नगरमा गठबन्धनबाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । उपप्रमुखमा भने एमालेका उम्मेद्वार विजयी छन । तर, तीन स्थानीय तहका सिमित वडाहरु समेटेर निर्वाचन क्षेत्र बनेको हुँदा वडाअध्यक्षहरुको मतको आधारमा विश्लेषण गर्दा गठबन्धन नै अंक गणितमा बलियो देखिएको छ । वडाअध्यक्षहरुको मतका आधारमा कांग्रेस ३४ हजार ९५९, नेकपा माओवादी ३ हजार १८८, नेकपा एस १ हजार ३८२ गरि जम्मा ३९ हजार ५२९ मत छ ।
अहिले गठबन्धनले राष्ट्रिय जनमुक्तिका उम्मेद्वारलाई समर्थन गरेको हुँदा ४ हजार मत जोड्दा ४३ हजार मत गठबन्धनको देखिन्छ । यता नेकपा एमाले ३३ हजार १८७, राप्रपा ३ हजार ९२० र जसपा १ सय ८३ गरि जम्मा ३७ हजार २ सय ९० छ । यस आधारमा सत्ता गठबन्धन ६ हजार बढि मतले सोझो हिसाबले अगाडि देखिएको छ । अंकगणित नै सत्ता गठबन्धनको पक्षमा देखिएकाले पौडेललाई चुनौती देखिन्छ । अर्कोतर्फ एमालेभित्र नेकपा एमालेका महासचिव शंकर पोखरेल समूह र पौडेल समूूहविच अन्तरघात हुने सम्भावना उत्तिकै छ । स्थानीय तहमा अन्तरघात भएको एमालेकै नेताहरुले भनेका थिए । यसले केहि न केहि मत पौडेललाई घट्न सक्ने देखिन्छ । त्यस्तै एमालेका प्रभावशाली नेता घनश्याम भुुसालले एमाले परित्याग गरेका छन् । भुसालका कारण पनि करिव २ हजार मत बुटवलमा एमालेको विपक्षमा खस्न सक्ने विश्लेषण छ । पौडेलको विगतको चुनावी ऐजेन्डा, बालुुवाटार प्रकरण र पार्टीभित्रको अन्तरसंघर्ष नै पौडेलका लागि मंसिर ४ गतेको निर्वाचन कठिन बन्ने देखिन्छ । जनमुक्ति पार्टीले अगाडि सारेका केशव बहादुर थापा नयाँ अनुहार (नन टेस्टेट) भएकाले युवा पुुस्ताको समेत मत आउने देखिन्छ ।