निर्वाचनकाे तयारी पूरा : एक करोड ७९ लाख ८० हजार ५७० मतदाता

1.3K

निर्वाचनकाे तयारी पूरा : एक करोड ७९ लाख ८० हजार ५७० मतदाता

भाेली आईतबार हुन लागेकाे प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनकाे सबै तयारी पूरा भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । आयाेगले पूर्व शन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचनकाे तयारीकाे बारेमा जानकारी गराएकाे हाे ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा पूरा भएकाे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भएकाे छ ।
देशभर एकै चरणमा हुन लागेकाे निर्वाचनमा विहान ७ बजेदेखि साझ ५ बजेसम्म मतदान गर्न पाईने र मतदानमा सहभागी हुन पनि उहाले सबैलाई आग्रह गर्नु भएकाे छ ।
निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेको उहाँले बताउनु भयाे ।
बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगको चेतावनी छ ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भईरहेकाे आयाेगले जनाएकाे छ ।
याे निर्वाचनमा यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।