नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे ह्याट्रिक भएकाे छ । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकाल्नु भएकाे हाे ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गर्नुभयाे । गगन थापाले २१ हजार ३०१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार डा. राजन भट्टराईलेल १३ हजार ८५५ मात्र मत प्राप्त गर्नुभएकाे छ । काठमाण्डाैं ४ बाटै थापाले २०७४ मा डा. राजन भट्टराई र २०७० मा एमालेकै निर्मल कुँइकेललाई पराजित गर्नु भएकाे थियाे ।
याे संगै अहिलेसम्म नेपाली काँग्रसले ४ स्थान र एकालेले १ स्थानमा जित निकालेकाे छ ।