रुपन्देही २ मा रास्वपाकाे अग्रता कायमै

1.3K

रुपन्देही २ मा रास्वपाकाे अग्रता कायमै

रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता कायमै रहेकाे छ । निर्वाचन कार्यालयले दिएकाे पछिल्लाे विवरण अनुसार राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेल ३ हजार ७१९ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने एमाले उपाध्यक्ष विष्णु पाैडेलले ३ हजार २९१ मत सहित दास्राे स्थानमा हुनुहुन्छ ।
त्यस्तै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्तिका कार्यकारी अध्यक्ष केशव थापा २ हजार ६९५ मत सहित तेस्राे स्थानमा हुनुहुन्छ । अहिले सम्म १० हजार ३१७ मत गणना भएकाे छ ।