रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा लाेसपाले खाता खाेलेकाे छ । रुपन्देही क्षेत्र नं. ४ (क) बाट लाेकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी हुनु भएकाे हाे ।
खसेकाे कुल ३५ हजार ५ सय ७७ मत मध्ये बनियाले १५ हजार १३७ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ला (बब्लु) ले ९ हजार २५३ मत पाउनु भएको छ ।
त्यस्तै नेपाली काँग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाउनु भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी गराउनु भएकाे छ ।