रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा लोगो वितरण गरिएको छ । रोटरीको सदस्य भएको पहिचानको लागि लोगो वितरण गरिएको हो । क्लवको शनिबार भएको नियमित बैठक र आईतबार सक्रिय सदस्यहरुको घरघरमा पुगेर लोगो वितरण गरिएको क्लवका अध्यक्ष विष्णु भण्डारीले जानकारी गराउनु भयो ।
रोटरीका सदस्यहरुलाई आफ्नो सवारी साधन तथा प्रतिष्ठानहरुमा लोगो टास्दा रोटरीको सदस्य भएको सबैमाझ पहिचान हुने र रोटरी परिवार बिच अझ बढी आत्मियता तथा सहयोगी भावना बृद्धि हुने अध्यक्ष भण्डारीले बताउनु भयो ।
क्लवले सदस्यहरुलाई सवारी साधन तथा प्रतिष्ठानमा टाँस्नको लागि लोगो र स्टिकर वितरण गरिएको सचिव शंकर पाण्डेले बताउनु भयो । त्यस्तै क्लवले आफ्ना सदस्य र मातृत्व प्रदान गरेका रोट्रयाक्ट इन्ट्रयाकट क्लवहरुलाई लोगो वितरण गरेको छ ।