स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेद्वार धनराज गुरुङ विजयी हुनु भएको छ । नेपाली काँग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले एमाले सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतले हराउँदै प्रतिनीधि सभा सदस्यमा विजयी हुनु भएको हो ।
निर्वाचित काँग्रेस नेता गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपविजेतामा समेटिनु भएकी एमाले सचिव अर्यालले २५ हजार ८३९ मत प्राप्त गर्नुभयो । निर्वाचन आयोगको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।