नयाँ सरकार बनाउन सात दिनको समय

1.3K

नयाँ सरकार बनाउन सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि आह्वान गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्नको लागि राष्ट्रपति भण्डारीले दलहरुलाई ७ दिनको समय दिनु भएको हो ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनीधि सभामा दुई वा त्यो भन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनीधि सभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
राष्ट्रपतिको कार्यालले जारी गरेको विज्ञप्तीमा यहि पुसको १० गते ५ बजे भित्र दावी पेस गर्न राष्ट्रपतिबाट आह्वान भएको व्यहोरा उल्लेख गरिएको छ । निर्वाचन आयोगबाट प्रतिनीधि सभा सदस्य निर्वाचन २०७९ परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेस भईसकेको छ ।