आँगन सहकारीमा शेयर रकम बृद्धि गर्ने निर्णय

1.3K

आँगन सहकारीमा शेयर रकम बृद्धि गर्ने निर्णय

आँगन वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शनिबार १३ औं वार्षिक साधारण सभा गरिएको हो ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम र आगामी आर्थिक वर्षको लागि नयाँ कार्यक्रमहरु प्रस्ताव गर्नुभयो । जस अनुसार शेयर सदस्य संख्या बृद्धिलाई निरन्तरता दिईको छ । त्यस्तै शेयर रकम बृद्धि गर्ने निर्णय गरिएको छ । ३५ हजार शेयर रकमलाई बृद्धि गरी ५० हजार, २१ हजार र २८ हजारलाई बृद्धि गरी ३५ हजार तथा ७ हजार र १४ हजारलाई बृद्धि गरी १५ हजार पुर्याउने निर्णय गरिएको छ ।
त्यस्तै साधारण सभाले व्याजदरमा समयसापेक्ष परिवर्तनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यसै अवसरमा असल ऋणी तथा बचत कर्ता र शेयर सदस्यको सन्तती मध्येबाट एसईई परीक्षामा उत्कृष्ट २ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा सल्लाहकार दिनेशप्रसाद श्रेष्ठ, शेयर सदस्य विष्णुप्रसाद पोखरेल, संस्थाका उपाध्यक्ष सुरेन्द्र अधिकारी, सचिव राजेन्द्र घिमिरे लगायतले भनाई राख्नुभएको थियो ।