व्यूटिसियन संघ बुटवलमा पुनः न्यौपाने

1.3K

व्यूटिसियन संघ बुटवलमा पुनः न्यौपाने

नेपाल व्यूटिसियन संघ बुटवल उपमहानगर समितिको अधिवेशनले पुनः मनु न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभा तथा अधिवेशनवाट सर्बसहमतीमा कार्य समिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सरिता गिरी, सचिवमा लिलमाया गुरुङ, कोषाध्यक्षमा गिता राना, सहसचिवमा सजना घिमिरे र सहकोषध्यक्षमा सिता थापा निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा दुर्गा नेपाल, यमुना श्रेष्ठ, गौरीमाया सुवेदी लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी गराउनु भयो ।
अधिवेशनमा नेपाल व्यूटिसियन संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ती शर्मा, प्रदेश अध्यक्ष विष्णु थापा, जिल्ला अध्यक्ष रेणु कर्मचार्य, निर्वाचन अधिकृत विक्रम खड्का लगायतले व्यवसायिक हकहितका लागि व्यवसायिक एकतामा जोड दिएका थिए ।