न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रमकै हाराहारीमा : शीतलहर अझै रहने अनुमान

1.3K

न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रमकै हाराहारीमा : शीतलहर अझै रहने अनुमान

नेपालकाे तराईका भू-भागमा चलिरहेकाे शीतलहर अझै एक दुई दिन कायम रहने अनुमान गरिएकाे छ ।
माैषम पुर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सिमरा देखी नेपालगंजका अधिकांश भु-भागहरुमा मध्यम किसिमको शितलहर देखीएको जनाएकाे छ । त्यस्तै नेपालगंजदेखी पश्चिम तराईका भु-भागहरुमा मंद शितलहर छ । महाशाखाका अनुसार यो अवस्था अझै १-२ दिन सम्म रहने संभावना छ। 
विगतमा जनकपुर देखी सिमरासम्म लागेको मंद शितलहर शुक्रबारदेखि हटेकाे भएपनि विहानिपख बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । नेपालका मुख्यतया मध्य तराई र आसपासमा दिनभरि हुस्सु तथा कुहिरो लागेको छ । याे भू-भागमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा कम भएकाे छ । नेपालगंज, भैरहवा र सिमरा केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । सो स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको महाशाखाले जनाएकाे छ । साथै तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम कै हाराहारीमा देखिएको छ ।